फोहोरको गाडी रोकेपछि बन्चरेडाँडामा अश्रु ग्यास प्रहार, २ सयभन्दा बढी सुरक्षाकर्मी खटाइयो – Nepal Press

फोहोरको गाडी रोकेपछि बन्चरेडाँडामा अश्रु ग्यास प्रहार, २ सयभन्दा बढी सुरक्षाकर्मी खटाइयो

काठमाडौं । काठमाडौं उपत्यकाबाट फ्याँक्न लागिएका फोहोरका गाडी आज पनि स्थानीयबासीले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको फोहोरको गाडीलाई बन्चरेडाँडामा अवरोध भएपछि सुरक्षाकर्मीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेका छन् ।

नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले धादिङतर्फ अवरोध भएको बताए ।

‘हाम्रो ठाउँमा अवरोध क्लियर भइसकेको छ । अहिले भइरहेको तनाव भनेको धादिङतर्फ हो । सोही ठाउँ भएर नुवाकोटको बन्चरेडाँडा पुग्नुपर्छ’, एसपी शाहले नेपाल प्रेससँग भने ।

फोहोर व्यवस्थापनका लागि काठमाडौंबाट डीएसपीको कमान्डमा १९५ जना प्रहरी र ३५ जना सशस्त्र प्रहरीको टोली त्यस ठाउँमा खटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *