उपरथीमा बढुवा भएका ढकाल, बानियाँ र दवाडीलाई दर्ज्यानी चिन्ह
नेपाल प्रेस
२०७९ जेठ २५ गते १८:२०
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका यामप्रसाद ढकाल, दीपककुमार बानियाँ र होमनाथ दवाडीलाई दर्ज्यानी चिन्ह लगाईदिएका छन्।
भद्रकालीस्थित सैनिक जङ्गी अड्डामा आयोजित कार्यक्रममा हालै सहायक रथीबाट बढुवा भएका तीनै जनालाई प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह लगाई दिएका हुन्।
पदोन्नति भएका ढकाललाई युद्ध मद्धती तथा युद्ध सेवा मद्धती विभागका प्रमुखमा रूपमा नियुक्त भएका छन्।
यसै गरी बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष र दवाडी निरिक्षणाधिकृत विभाग प्रमुखमा नियुक्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर