पुटिनलाई ६ महिनाभित्र प्यारालाइसिस हुन सक्ने बेलायती गुप्तचर अधिकारीको दाबी
काठमाडौं । पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागिता नजनाएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर हाल अन्तर्राष्टिय समुदायमा अनेक अड्कल बाजी हुने गरेको छ ।
यसैवर्षको अन्त्यतिर इन्डोनेसियाको बालीमा हुन गइरहेको जि-२० समूहको सम्मेलनमा समेत पुटिनले सहभागिता जनाउँछन् वा जनाउँदैनन् भन्ने अधिकारिक पुष्टी नभइसकेको कारण पनि उनको स्वास्थ्य अवस्थालाई लिएर थप टिप्पणी हुन थालेको छ ।
अन्तर्राष्टिय सञ्चार माध्यम एण्टरा न्युजमा रुसी राजदूत ल्युडमिला वोरोवीएभाले जानाकारी गराए अनुसार जि–२० सम्मेलनमा पुटिनको उपस्थिती हुन्छ वा हुँदैन भन्ने हालसम्म निर्णय भएको छैन ।
गत अप्रिलमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग भएको फोनवार्तामा भने पुटिनले उक्त सम्मेलनमा उपस्थित हुने बताएको बीबीसीले जनाएको छ ।
यसैबीच बेलायतको भूतपूर्व गुप्तचर विभाग एमसिक्सटीनका संस्थापक गुप्तचर क्रिस्टोफर स्टिलले भने हाल पुटीनको स्वास्थ्य अवस्था अत्यनतै नाजुक रहेको र आगामि ६ महिनाभित्र उनलाई पूर्ण प्यारालाइसिस हुन सक्ने दाबी गरेका छन् । स्टिलले अन्तर्राष्टिय सञ्चार माध्यम बीबीसीसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।