स्थानीय चुनावका स्वतन्त्र उम्मेदवारहरूले बोलाए राष्ट्रिय भेला
नेपाल प्रेस
२०७९ जेठ २७ गते १२:२३
काठमाडौं । भर्खरै सकिएको स्थानीय चुनावका स्वतन्त्र उम्मेदवारहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् । असार १७-१८ मा काठमाडौंमा तय गरिएको भेलामा आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा बनाइने बताइएको छ ।
भेलामा सहभागी हुन चाहनेका लागि असार १० सम्म अनलाइन फाराम भर्न र चिया, खाजा तथा खाना खर्चबापत १५ सय शुल्क जम्मा गर्न भनिएको छ ।
वैशाख ३० को निर्वाचनमा काठमाडौं, धरानलगायतका ठूला पालिकामा समेत स्वतन्त्र विजयी भएपछि स्वतन्त्र उम्मेदवार हौसिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर