सडक भासिएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर
नेपाल प्रेस
२०७९ जेठ २७ गते १३:२९
तनुहँ । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।
उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकप्टरबाट आज काठमाडौं लगिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकप्टर मगाएर काठमाडौं लगिएको परिवारले जनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर