प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न सशस्त्रको विज्ञापन हटाइएको पूर्व गृहमन्त्री अधिकारीको आरोप (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न सशस्त्रको विज्ञापन हटाइएको पूर्व गृहमन्त्री अधिकारीको आरोप (भिडिओ)

काठमाडौं । पूर्व गृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाका भान्जालाई बढुवा गर्नका लागि सशस्त्र प्रहरीको सूचना नै हटाइएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि छलफलका क्रममा सांसद अधिकारीले बढुवा सम्बन्धी विज्ञापनको सूचना हटाएर प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न चलखेल भएको बताए ।

उनले भने- यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृह मन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ?

प्रधानमन्त्रीको आफ्नो भान्जा पर्ने धेरै जुनियर तान्नुपर्ने भएकाले सूचना हटाइएको उनको दाबी छ ।

अधिकारीले भने – प्रधानमन्त्रीको साक्खै भान्जा पर्ने धेरै जुनियर तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ । गृह प्रशासनमा बसेर न्याय दिनुपर्ने ठाउँमा रहेका पदाधिकारीहरूलाई यहाँसम्मको अत्याचार प्रधानमन्त्रीको कार्यालयमा हुक्के चिलिमे बैठकेको नातेदार पर्‍यो भन्दैमा निकालेको सूचना एकाएक हटाइन्छ भने गृह मन्त्रालयलाई यो पैसा किन चाहियो ?

एसपीबाट एसएसपी बढुवा दीपेन्द्र कुँवरको बढुवाका लागि सो विज्ञापन हटाइएको आरोप छ ।

कुँवर प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव समेत रहेका भतिज भानु देउवाका बहिनी ज्वाइँ हुन् । उनलाई कामु एसएसपी बनाइसकिएको छ ।

अवधि नपुगेका कारण कन्फर्म एसएसपी बनाउन नमिलेको र विज्ञापनको सूचना नै हटाइएको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर