१४ अंकले घट्यो बजार, एक अर्ब पनि भएन कारोबार – Nepal Press

१४ अंकले घट्यो बजार, एक अर्ब पनि भएन कारोबार

काठमाडौँ । आज १४.६४ अंकले सेयर बजार घटेको छ । ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.१६ अंकमा आएको छ ।

साताको अन्तिम दिन आज २२९ वटा कम्पनीको ८९ करोड ४१ लख २४ हजार ११४ रुपैयाँकाे सेयर खरिदबिक्री भएको छ ।

आज उपकार लघुवित्त र ग्रीन भेन्चर लिमिटेडकाे १०/१० प्रतिशत सेयर मूल्यवृद्धि भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । सो बैंकको ५ करोड ५ लाख ४५ हजारभन्दा धेरै मूल्य बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *