मूल्यवृद्धिको विरोधमा नेकपा बहुमतले गर्‍यो साताव्यापी आन्दोलनको घोषणा – Nepal Press

मूल्यवृद्धिको विरोधमा नेकपा बहुमतले गर्‍यो साताव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेपाल आयल निगमले भर्खरै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेकपा (बहुमत) ले साताव्यापी आन्दोलनको घोषणा गरेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत)ले नयाँ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै साताव्यापी आन्दोलनको घोषणा गरेको हो ।

उक्त पार्टीले बिहीबार राति १२ः०० बजेदेखि लागू हुने गरी भएको मूल्यवृद्धिविरुद्ध आउँदो असार २ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

वृद्धि भएको पेट्रोलियम पदार्थको नयाँ मूल्य तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेको पार्टी जिल्ला समिति संयोजक गौरबहादुर देवकोटा ९जटिल०द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावपछिका २७ दिनमा मात्र ३ पटक मूल्य बढाइएको र पेट्रोलको मात्र प्रति लिटर १८ रुपैयाँ मूल्य वृद्धि गरेको पार्टीले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तेलको अन्तर्राष्ट्रिय मूल्य अनुसार गरिएको कुतर्क सरकारले पेस गर्ने गरेको भन्दै विज्ञप्तिमा विभिन्न कर, ढुवानी, निगमको प्रशासनिक खर्च, बिमा, प्राविधिक नोक्सानी, बिक्रेता कमिसनलगायतमा राज्यले भार थप्ने गरेको जनाइएको छ ।

पेट्रोलमा मात्र प्रतिलिटर ६१ रुपैयाँ २३ पैसा र डिजेलमा ४३ रुपैयाँ ९१ पैसा अतिरिक्त मूल्य राखेर महँगी बढाइएको भन्दै यसले जनतालाई लुट्ने काम भइरहेको आरोप पार्टीले लगाएको छ ।

पार्टीले आफ्ना माग पुरा गराउन शुक्रवारदेखि ७ दिने आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । जस अनुसार २७ गते शुक्रवार ज्ञापन पत्र बुझाउने, २९ गते देशभरका आयल निगममा धर्ना दिने, ३० गते प्रधानमन्त्री कार्यालय र सबै प्रदेश मुख्यमन्त्रीलाई धर्ना दिने, ३१ गते सिंहदरबार र सबै स्थानीय तह धर्ना, १ गते देशव्यापी मशाल जुलुस र २ गते देशभर बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने कार्यक्रम पार्टीले तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर