पूर्वमन्त्री मिथिलाको निधन
नेपाल प्रेस
२०७९ जेठ २८ गते १०:४१
सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।
मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर