बालेन पुगे भाइरल वडाध्यक्ष रिजालको घर, लन्च मिटिङमा महानगर विकासका कुरा – Nepal Press

बालेन पुगे भाइरल वडाध्यक्ष रिजालको घर, लन्च मिटिङमा महानगर विकासका कुरा

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग भेटघाट गरेका छन् ।

पहिलो कार्यपालिका बैठकमा नै सवाल जवाफ भएपछि मेयर समर्थहरूबाट आलोचना खेपेका अध्यक्ष रिजालको घरमा बालेन पुगेका हुन् ।

महानगरको कामलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।

हास्य कलाकार अर्जुन घिमिरे पाँडेसँगै रिजाल निवास बालाजु पुगेका शाहले त्यहाँ वडाध्यक्ष रिजालसँगै लन्च गर्दै करिब दुई घण्टा बिताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर