बोलिभियाका पूर्वराष्ट्रपतिलाई १० वर्षको जेल सजाय
काठमाडौं । बोलिभियाकी पुर्वराष्ट्रपती जीनाइन एनेजलाई पुर्ववर्ती राष्ट्रपति इभो मोरालेसलाई पदमुक्त गराउनका निमित्त हिसांत्मक गतिविधीलाई बढावा दिएको आरोपमा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय सुनाइएको छ ।
मोरालेस र उनको पार्टीले विद्रोह गरेको भन्दै आफूलाई राष्ट्रपति घोषणा गर्दा एनेजले कर्तव्यको बेवास्ता गरेको र संविधानको विरुद्धमा काम गरेको अदालतको ठहर छ ।
एनेजले जेल सजायको फैसला पश्चात आफूले सो समय राष्ट्रपति बन्ने स्वार्थको लाग नभई मोरालेसले आक्रान्त पारेको देशलाई शान्त पार्नको निमित्त आफूले जुन कदम चाल्नु पर्ने थियो त्यहीनै कदम चालेको टिप्पणी गरेकी छिन् ।
मोरालेसले २०१९ मा भएको निर्वाचनको मतदानमा धाँधली भएको भन्दै राष्ट्रव्यापी विरोध भएपछी पदबाट राजीनामा दिएका थिए । मोरालेस र उनका समर्थकहरुले त्यहाँ धोखाधडी भएको अस्वीकार गर्दै आएका छन् ।
उक्त आन्दोलनमा ३७ जनाको ज्यान गएको थियो भने रजिनामा पस्चात मोरालेसले मेक्सिकोमा शरण लिएका थिए । २०२० मा भएको निर्वाचनमा उनको पार्टी पुन सत्तामा आए पछि भने मोरलेस बोलोभिया फर्केका थिए ।
अदालतले पूर्वसशस्त्र बल कमाण्डर विलियम्स कालिमान र पूर्व पुलिस कमाण्डर भ्लादिमिर काल्डेरोनलाई पनि १० वर्षको जेल सजाय सुनाएको छ भने अन्य चार पूर्व सेना प्रमुखलाई भने कम सजाय सुनाइएको छ। अदालतको उक्त फैसाला पस्चात उनलाई राखिने जेल बाहिर केही व्यक्तीहरुले उनी विरुद्ध नाराबाजी समेत गरेको अन्तर्राष्टिय संचार माध्यम एपीले जनाएको छ ।