टौदहमा विपद् प्रतिकार्यको अभ्यास (भिडिओ) – Nepal Press

टौदहमा विपद् प्रतिकार्यको अभ्यास (भिडिओ)

काठमाडौं । काठमाडौंको टौदहमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, काठमाडौंको आयोजनामा शनिबार विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।

विपदमा परेकाहरुको खोज तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामाग्रीको बन्दोबस्ती, सुरक्षा निकायसंगको समन्वय तथा परिचालन लगायतका विषयमा केन्द्रित रहेर पूर्वअभ्यास गरिएको समितिले जनाएको छ ।

अभ्यासमा कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक रुपमा पोखरीमा डुवेका व्यक्तिहरुको उद्दार र उपचार गरेको थियो ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मनसुनका बेला काठमाडौंमा हुनसक्ने बिपतका घटनाका लागि तत्कालै उद्दारका लागि तयारी अवस्थामा रहेको बताए । विपतका घटनामा धनजनको क्षति हुन नदिनका लागि तयार रहेको सन्देश दिनका लागि र बिपदको पूर्वतयारीका लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

मनसुन सुरु हुनै लाग्दा काठमाडौ लगाएत ललितपुर र भक्तपुरका साथै देशका अन्य जिल्लाहरुमा समेत विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर