एमाले महासचिव पोखरेलको टिप्पणी- माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्ति रहेन – Nepal Press

एमाले महासचिव पोखरेलको टिप्पणी- माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्ति रहेन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले सिट संख्या बढी देखिए पनि जनमतमा ठूलै क्षति व्यहोरेको बताएका छन् । नेपाली कांग्रेससँग गठबन्धनमा गएकै कारण उसले यो क्षति व्यहोरेको उनले बताए ।

‘गठबन्धनमा गएका वामपन्थी शक्तिहरूले आफ्नो शक्तिमा ठूलो क्षति व्यहोरेका छन् । माओवादी केन्द्रले विगतमा हासिल गरेको भन्दा सिटसंख्या बढाएको देखिए पनि जनमत उल्लेख्य घटाएको छ,’ एमाले ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने,‘२०७४ को निर्वाचनमा उसले १७ प्रतिशत जनमत पाएको थियो भने, यस पटक घटेर १३ प्रतिशतमा झरेको छ ।’

माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्तिका रूपमा समेत नरहेको महासचिव पोखरेलले टिप्पणी गरे ।

‘एउटा राजनीतिक शक्तिको भविष्यका लागि भन्ने हो भने, नेकपा माओवादी केन्द्र नेपालको वामपन्थी आन्दोलनका रूपमा रहेन,’ उनले भने,‘त्यो अलग शक्तिका रूपमा वामपन्थी आन्दोलनमा भूमिका खेल्न सक्दैन भन्ने यो स्थानीय तहको निर्वाचनको परिणामले प्रमाणित ग¥यो ।’

अब माओवादी केन्द्रका लागि नेपालको राजनीतिमा अस्तित्व रक्षाका लागि कुनै शक्तिसँग टाँस्सिनुपर्ने बाध्यता आइलागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर