रसुवा जिससमा एमाले र कांग्रेसको बराबरी मत, गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेको बहुमत – Nepal Press

रसुवा जिससमा एमाले र कांग्रेसको बराबरी मत, गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेको बहुमत

काठमाडौं । रसुवा जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेका अशोककुमार घिमिरे निर्वाचित भएका छन् ।

समन्वय समितिमा एमाले र इतरको गठबन्धन बनेको थियो । शनिवार भएको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएपछि भएको गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेको हो ।

घिमिरे उत्तरगया गाउँपालिकाबाट वडा सदस्य निर्वाचित भएका थिए । एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य रहेका घिमिरे रसुवाको समन्वय प्रमुख बनेका हुन् रसुवामा एमाले र कांग्रेसले समन्वयको लागी बराबर ५/५ मत रहेको थियो ।

उपप्रमुखमा एमालेकै विजय तामाङले बाजी मारेका छन् । नौ सदस्यीय समन्वय समितिमा एमालेले ५ सिट जित निकालेको छ । एमालोबाट खुवाप्रसाद पौडेल, कामिछिरिङ तामाङ, वेसिरानी तामाङ विजयी भएका छन् ।

त्यस्तै गोला तानेर कांग्रेसबाट चार जना सदस्य सविता गुरुङ, पार्वती विक, खिलबहादुर न्यौपाने, कार्पोक लामा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर