दलीय व्यवस्थामा गैर दलीयहरूको उदय खहरे खोलाजस्तै हो : नैनसिंह महर – Nepal Press

दलीय व्यवस्थामा गैर दलीयहरूको उदय खहरे खोलाजस्तै हो : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैर दलीयहरूको उदय खहरे खोलाजस्तै भएको टिप्पणी गरेका छन् ।

स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको दाबी गरे ।

‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ,’ महरले भने ।

उनले कांग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘कांग्रेसलाई गठबन्धन भए पनि ठिक छ, नभए पनि ठिक छ । कांग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन, उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ट्र्याकभन्दा बाहिर लिन खोजेपछि कांग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।

वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको महरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर