सोनिया गान्धी अस्पताल भर्ना – Nepal Press

सोनिया गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली । कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् ।

उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्विटमा भनेका छन् ।

सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो ।

कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनी चिकित्सकको निरन्तर निगरानीमा थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर