काठमाडौं महानगरको नगरसभा मिति तय – Nepal Press

काठमाडौं महानगरको नगरसभा मिति तय

विषयगत उपसमितिमा को को परे ? (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको मिति तोकिएको छ । आज बसेको कार्यपालिका बैठकले असार ५ गतेलाई नगरसभाको मिति तोकेको हो ।

आजको बैठकमा मेयर बालेन्द्र साहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेस गरे ।

बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरेको छ । सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन् ।

त्यस्तै विभिन्न विषयगत समितिका संयोजकहरूको नाम अनुमोदन भएको छ । जसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के. सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर छन् । यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् ।

फोहोरमैला व्यवस्थापन गर्ने, व्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक-फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन, सामाजिक तथा सांस्कृतिक विषयहरू पनि बैठकमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर