जसपामा राजपा लोकतान्त्रिक समाहित – Nepal Press

जसपामा राजपा लोकतान्त्रिक समाहित

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा राजपा लोकतान्त्रिक समाहित भएको छ ।

जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष यादव र राजपा लोकतान्त्रिकका अध्यक्ष रितेशकुमार सिंहले दुवै पार्टी एक भएको घोषणा गरेका छन् ।

सो समारोहमा अध्यक्ष यादवले अन्य मधेस केन्द्रित दललाई पनि एकताका लागि आह्वान गरे ।

उनले जनकपुरमै केहिदिन अगाडी लोसपालाई पनि एकताका लागि आह्वान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत र जसपाका नेता कार्यकर्ताहरू सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर