अमेरिका भ्रमणबारे जानकारी माग्दै संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो (भिडिओ) – Nepal Press

अमेरिका भ्रमणबारे जानकारी माग्दै संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो (भिडिओ)

काठमाडौं । संसदीय समितिले आसन्न अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिसिभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आगामी असार ५ गते अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेले माग गरेको थियो । त्यस्तै बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समितिमा बोलाउने निर्णय गर्दै यसका लागि पत्राचार गरिने समिति सभापति पवित्रा निरौलाले बताइन् ।

बैठकमा समिति सदस्यहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । सांसद माधवकुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए ।

सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनमा नै प्रश्नचिन्ह उठेको बताउँदै अमेरिकामा विभिन्न सहमति हुने चर्चा सुनिएकोले प्रष्ट पार्नुपर्ने बताए ।

सांसद भीम रावलले समितिमा जानकारी गराउँदा प्रधानमन्त्रीले अपमानका रूपमा सोच्न नहुने बताए ।

बैठकमा अन्य सदस्यहरूले मुलुकको राष्ट्रियतालाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर