बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर घोंगीसँग खाना
नेपाल प्रेस
२०७९ जेठ ३० गते १४:११
बर्दिया । पार्टीको आन्तरिक कार्यक्रमका लागि बर्दिया पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय कार्यकर्ताकै निवासमा खाना खाएका छन् ।
अध्यक्ष प्रचण्डले स्थानीय कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर गंगा दाहालले फेसबुकमा पोस्ट गरेकी छिन् ।
तस्बिरमा प्रचण्डसहित माओवादी नेता कार्यकर्ताहरूले स्थानीयको आतिथ्यतामा खाना, रोटी, घोंगी र मासु लगायतका परिकारहरू खाँदै गरेको देख्न सकिन्छ ।
पृष्ठभूमि माओवादी संघर्षका क्रममा शहीद भएकाको तस्बिरहरू देख्न सकिन्छ । घोंगी स्थानीय थारु समुदायमा प्रख्यात परिकार हो ।
प्रतिक्रिया
3 thoughts on “बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर घोंगीसँग खाना”
Leave a Reply
सम्बन्धित खवर
बिचरा राजनेतालाई बसेर खान कतिगार्हो भा होला? यिनकाहनुहरू के हेरीचन्।
भुइमा बसेर खानु कुन नौलो कुरा हो र ? यस्ता कुरालाइ समेत समचारको मुख्य बिषयबस्तु बनाउनु समचार प्रतिको बिस्वास घट्नु हो।
समाजबाद, समाजवाद भन्दै बहुसंख्यक जनतालाई मुर्गा हान्दै सत्ताको लागि धन्दा गर्ने विदेशीका भाडाका टट्टूहरु ! तिमेरुका अब धेरै दिन छैनन् ।