गठबन्धनलाई हराउँदै बारा जिससमा एमाले विजयी – Nepal Press

गठबन्धनलाई हराउँदै बारा जिससमा एमाले विजयी

काठमाडाैं । जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुख दुवैमा एमालेले जीत हात पारेको छ । सोमबार सम्पन्न निर्वाचनमा प्रमुखमा नरेन्द्रकुमार साह र उपप्रमुखमा चण्डिका सापकोटा उप्रेती विजयी भएका हुन् ।

प्रमुखमा विजयी नरेन्द्रकुमारले २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका रामदयाल महतोले १२ मत प्राप्त गरेका छन् ।

विजयी नरेन्द्रकुमार बारा सदरमुकाम कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्पसङ्ख्यक सदस्य हुन् । त्यस्तै प्रत्याशी रामदयाल देवताल गाउँपालिका कांग्रेस सभापति हुन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकी चण्डिका सापकोटा उप्रेतीले १७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी गठबन्धनबाट जसपाका पवनकुमार व्याहुतले १५ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित चण्डिका निजगढ नगरपालिका ९ बाट महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता थिए । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र ७ सदस्य पदका लागि १८ जनाको उम्मेदवारी परेकाे थियो ।

समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दल र एमाले–लोसपाबीच तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा जसपा र विवेकशील साझा निर्णायक बनेका थिए । यद्यपि जिल्लाका धेरै पालिकामा जितेर एमाले पहिलो दल बनेको थियो ।

समन्वय समितिको निर्वाचनमा एमालेसँग ११, कांग्रेससँग ८, लोसपासँग ६, जसपासँग ४, विकेकशील साझासँग २ र माओवादी केन्द्रसँग १ मत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर