अखिल सुदूरपश्चिम प्रदेशको संयोजकमा राई र सचिवमा वमलाई जिम्मेवारी – Nepal Press

अखिल सुदूरपश्चिम प्रदेशको संयोजकमा राई र सचिवमा वमलाई जिम्मेवारी

कैलाली । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिम प्रदेशको संयोजकमा मनोज राई र सचिवमा रक्षा वमलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

केन्द्रीय पदाधिकारी बैठकपछि महासचिव समिक बडालले जारी गरेको सर्कुलरमा राई र वमलाई जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।

यस अघि संयोजन रहेका नेत्र मैनालीलाई साधन सदस्य समेत नरहने गरि निस्कासन गरेको समेत सर्जुलरमा उल्लेख गरिएको छ । मैनालीले एमालेको आधिकारिक उम्मेदवार विरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रदेश संयोजक नै पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उठेपछि उनलाई कारबाही गर्दै उनको स्थानमा राईलाई जिम्मेवारी दिइएको हो । तत्कालीन सचिव रहेका राई स्थायी कमिटी सदस्य पनि हुन् ।

सचिव संयोजन भएपछि सचीवमा अखिल सचिवालय सदस्य वमलाई जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर