वागमती सरकार फेरिँदैन, प्रधानमन्त्रीले भनिसक्नुभा’को छ: मुख्यमन्त्री पाण्डे – Nepal Press

वागमती सरकार फेरिँदैन, प्रधानमन्त्रीले भनिसक्नुभा’को छ: मुख्यमन्त्री पाण्डे

हेटौंडा । वाग्मती प्रदेशमा सरकार परिवर्तन हुने चर्चा भइरहेको बेला मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने केन्द्रको निर्णयले मात्र प्रदेशको समिकरण तलमाथि हुन सक्ने बताएका छन्।

नेपाल प्रेससँग विशेष कुराकानी गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालेनै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक उदघोषण गरिसकेकाले अहिलेनै प्रचार गरिएजस्तो वाग्मती प्रदेश समिकरण नबदलिने दाबी गरे ।

‘प्रधानमन्त्री ज्यूले आफैले प्रदेश सरकार फेरबदल हुँदैन भन्नुभएको छ । त्यसैले अहिले सरकार फेरबदलको संभावना छैन,’ उनले भने ।
गएको कार्तिकमा यहाँ तीन दल मिलेर नयाँ सरकार गठबन्धनको बनेको थियो । त्यतीबेला, नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाएको थियो । पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए।

कार्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधा आधा अर्थात ६, ६ महिना सरकारको नेतृत्व गर्ने सहमति नेकपा एस र नेपाली कांग्रेसबिच भएको थियो । अहिले नेपाली कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ ।

‘सहमति अनुसार इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो । त्यतिबेला ६,६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकै हो,’कांग्रेस सांसद समेत रहेका एक प्रदेश भने,‘सहमति अनुसार अब अघि बढ्नुपर्छ । केन्द्रसँग कुराकानी भइरहेको छ ।’

ती मन्त्रीले बजेट पास भएपश्चात् नविन समिकरण बन्नसक्ने बताए । तर मुख्यमन्त्री पाण्डेले भने प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गर्ने गरी अर्थ नहुने बताए।

नेकपा एसका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समिकरणको निर्णय हुन नसक्ने बताए । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समिकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहेमात्र समिकरण परिवर्तन हुने जानकारी दिए ।

‘यो प्रदेश सरकार माथिबाट बनेको हो , यहाँबाट बनेको होइन माथिबाट सञ्चालित छ । गठबन्धनको शिर्ष नेताहरूबीच जे सहमति बन्छ त्यसैले यो सरकार समिकरणको आगामी बाटो तय गर्छ, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर