राज्यमन्त्री वली काण्डः प्रदेश सरकार प्रतिक्रियाविहीन, प्रहरी भन्छ- पक्राउ गरिएको होइन – Nepal Press

राज्यमन्त्री वली काण्डः प्रदेश सरकार प्रतिक्रियाविहीन, प्रहरी भन्छ- पक्राउ गरिएको होइन

रुपन्देही । स्वास्थ्य राज्यमन्त्री विमला वलीबारे लुम्बिनी प्रदेश सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

राज्यमन्त्री वलीले दाङका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको घटना बाहिर आएको छ ।

भण्डारीले विमलाले बस्नेत आफ्नो श्रीमान भएको र कहाँ लुकाएको भन्दै हातपात गरेको बताएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, प्रदेश प्रहरीले भने राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको अस्वीकार गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सरकार उक्त घटना अध्ययनको क्रममा रहेको प्रतिक्रिया दिए । ‘भर्खरै त्यो विषय सुनिएको छ । गतसाल पनि यस्ता कुरा बाहिर आएका थिए । हामीले यथार्थ कुरा नबुझी यही हो भनेर बोल्ने कुरा हुँदैन’, उनले नेपालप्रेससँग भने, ‘दोषी भेटिए कारबाही हुने कुरा भन्नुपर्दैन । कानुनले नै गरिहाल्छ ।’

राज्यमन्त्री वलीलाई दाङको जिल्ला प्रहरी कार्यालय तुलसीपुरमा कडा सुरक्षा घेरामा राखिएको छ । उनीसँग कसैलाई पनि भेट गर्न दिइएको छैन । विमला प्रहरी नियन्त्रणमा भए पनि प्रहरीले भने पक्राउ गरेको अस्वीकार गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले राज्यमन्त्री वलीलाई पक्राउ नगरी सुरक्षा दिन जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर