मन्त्री विमला वली बेहोस अवस्थामा अस्पताल भर्ना – Nepal Press

मन्त्री विमला वली बेहोस अवस्थामा अस्पताल भर्ना

रूपन्देही । लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।

हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।

‘केही समयअघि बेहोस अवस्थामा आउनु भएको हो, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ’, डा. ढकालले नेपाल प्रेससँग भने ।

हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।


प्रतिक्रिया

One thought on “मन्त्री विमला वली बेहोस अवस्थामा अस्पताल भर्ना

  1. एय सरकार ! कति निष्ठुरी हौ के तिमी ? उहाँले खोजेको मान्छे तुरन्त उपलब्ध गराईदिनुस् न बेहोशीबाट होशमा आईहाल्नुहुन्छ नि , खोई अब त सरकारप्रति विश्वास नै उडिसक्यो मन्त्रीको प्रेमी त खोज्न सक्दैन सरकारले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर