स्कुल विभागको प्रशिक्षण लिन एमाले जनप्रतिनिधि काठमाडौंमा (तस्बिरहरू) – Nepal Press

स्कुल विभागको प्रशिक्षण लिन एमाले जनप्रतिनिधि काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् ।

जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर