टेकु अस्पतालमा ‘मन्कीपक्स’का शंकास्पद बिरामी – Nepal Press

टेकु अस्पतालमा ‘मन्कीपक्स’का शंकास्पद बिरामी

काठमाडौं । कोरोना महामारीपछि विश्व समुदायले नै चासोको रुपमा हेरिरहेको मंकीपक्सका शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।

उनी हालैमात्र दुबईबाट नेपाल आएको बताइएको छ । ‘केही लक्षण मन्कीपक्ससँग मिल्दोजुल्दो देखिएको छ । तर, मन्कीपक्स नै हो भन्न सकिने अवस्था भने छैन । अहिले चिकित्सकहरु ‘इन्भेस्टिगेसन’ मै हुनुहुन्छ’, अस्पतालस्थित उच्च स्रोतले नेपालप्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर