कालीगण्डकीमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाको उद्धार – Nepal Press

कालीगण्डकीमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाको उद्धार

रूपन्देही ।कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।

र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्कीले जानकारी दिए ।

उनका अनुसार सबैको अवस्था सामान्य छ । याफ्टिङ गर्नेहरू एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर