पहिरोमा पुरिएका सासू-बुहारी मृत भेटिए
नेपाल प्रेस
२०७९ असार ३ गते ११:०४
विराटनगर । ताप्लेजुङको सिरिजंघास्थित खेवाङमा पहिरोमा पुरिएर बेपत्ता भएका सासू-बुहारी मृत भेटिएका छन् ।
गएराति भारी वर्षासँगै खसेको पहिरोले विष्णु अधिकारीको घर पुरिएको थियो । पहिरोमा विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भागेर ज्यान जोगाएका विष्णु अधिकारी गम्भीर घाइते छन् । उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि लैजाने तयारी गरिएको छ ।
अत्यधिक वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा पहिरो झरेको छ । सडकहरू अवरुद्ध हुँदा सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय अनिश्चितकाललाई बन्द गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर