एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय, प्रधानमन्त्रीलाई जवाफका लागि बोलाइयो – Nepal Press

एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय, प्रधानमन्त्रीलाई जवाफका लागि बोलाइयो

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको छ ।

शुक्रबारको बैठकको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले सरकारको भनाइ मौखिक होइन निर्णयका रूपमा आउनुपर्ने बताइन् ।

बैठकले एसपीपीको सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजात पनि एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ । बैठकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा प्रश्न उठेको भन्दै यसबारेमा जवाफ दिन असार ५ गते समितिको बैठकमा बोलाउने निर्णय गरेको छ ।

बैठकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा परराष्ट्र सचिवको संयोजकत्वमा कार्यदल बनेको र त्यसले एसपीपीमा जाने भन्ने कुरा स्थगन गरेको भनिएकाले यसबारे यथार्थ विवरण पेस गर्नसमेत निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर