एसपीपीलाई लिएर चीनले नेपालमा अनावश्यक प्रोपोगाण्डा मच्चाएको अमेरिकी सहायक विदेशमन्त्रीको आरोप – Nepal Press

एसपीपीलाई लिएर चीनले नेपालमा अनावश्यक प्रोपोगाण्डा मच्चाएको अमेरिकी सहायक विदेशमन्त्रीको आरोप

काठमाडौं । नेपालमा एसपीपीको विवाद चर्किरहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु भने नेपालको उत्तरी छिमेकी चीनविरुद्ध खनिएका छन् । विदेशमन्त्री लुले चीनले एसपीपीलाई लिएर नेपालमा अनावश्यकरूपमा प्रोपोगाण्डा मच्चाइरहेको आरोप लगाएका छन् ।

टेक्सस राज्यको डल्लासमा नेपाली समुदायका सीमित व्यक्तिहरूसँगको अन्तरक्रियामा बोल्दै लुले नेपालको ठूलो उत्तरी छिमेकीले एमसीसी कार्यान्वयन हुन नदिन पनि खेलिरहेको आरोप लगाए ।

सहायक विदेशमन्त्री लुले एमसीसी र एसपीपीबीच कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् । उनले एसपीपी नेपाली सेनालाई सघाउने कार्यक्रममात्र रहेको बताए ।

लुले चीनको नाम नलिइ नेपालको सबैभन्दा ठूलो छिमेकीले एमसीसी फेल गराउने प्रयास गरेको र एसपीपीमा पनि अनावश्यक खेलिरहेको आरोप लगाएका छन् ।

अमेरिकाबाट सञ्चालित हिमालय खबरका कार्यकारी सम्पादक रामचन्द्र भट्टका अनुसार नेपालमा चीनकै चाहना अनुसार एमसीसी र एसपीपीको विरोध भएको दाबी लुको छ ।

चीनको नाम नलिइ उनले उत्तरी छिमेकीले उचाल्दै आएको भन्दै उसले नेपालमा आफ्नो एकल प्रभुत्व कायम गर्न चाहेको आरोप लगाए । चीन नेपालमा यी परियोजनाप्रति पहिलेदेखिनै विरोधमा रहेको लुको दाबी छ ।

तस्बिर : रामचन्द्र भट्ट, हिमालय खबर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर