सरकारले पैसा नदिएको भन्दै शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा स्थगित – Nepal Press

सरकारले पैसा नदिएको भन्दै शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा स्थगित

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।

कार्यक्रम अन्तरगत बिमितहरुको उपचार गरे बापतको सरकारले दिनुपर्ने रकम भुक्तानी नभएपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हाे ।

२०७७ मंसिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

शिक्षण अस्पताल स्वास्थ्य बिमा अन्तरगत दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर