औपचारिक भ्रमणको लागि प्रधानसेनापति शर्मा लेवनान प्रस्थान – Nepal Press

औपचारिक भ्रमणको लागि प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति  शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान  प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।  प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन लेवनान भ्रमण गर्न लागेको जंगी अड्डाले जनाएको छ ।

शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनएनएफआइएल मिसन र त्यसपछि सिरिया स्थित युएनडिओएफको निरीक्षण भ्रमण गरी उक्त मिसनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति शर्माले लेवनान, सिरिया, युनएनएफआइएल मिसन र युएनडिओएफ का उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनलाई आज लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नेछ । त्यसपछि लेवनानी सेनाको एक टुकडीद्वारा उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण सम्पन्न गरी रक्षा सचिवसहित सात सदस्यीय सहितको टोली असार १० गते स्वदेश फिर्ता हुने सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *