रुपन्देही जिससमा कांग्रेसको नेतृत्व – Nepal Press

रुपन्देही जिससमा कांग्रेसको नेतृत्व

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गरेका छन् ।

जिल्लामा १६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाएका छन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका विष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसङ्ख्यकमा कांग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल र लोसपाका मुकेशकुमार पाण्डे विजयी भएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का मञ्जु परियार र लोसपाका बुधनी चमार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर