प्रदीप ज्ञवालीको स्पष्टोक्ति- एमाले नेतृत्वको सरकारले नै कार्यदल बनाएर एसपीपीलाई स्थगन गरेको हो – Nepal Press

प्रदीप ज्ञवालीको स्पष्टोक्ति- एमाले नेतृत्वको सरकारले नै कार्यदल बनाएर एसपीपीलाई स्थगन गरेको हो

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको हितविपरीत नेपाल शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका हुन् ।

स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका विषयमा धेरै आशंका रहेको भन्दै उनले यसका विषयमा राज्यले थप स्पष्ट पार्नुपर्ने बताए । तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई पत्र लेखेको पाइएको उनको भनाइ छ ।

उनले सन २०१९ मा इन्डो प्यासिफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरेको दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर