रामेछाप एमालेका शीर्षस्थ नेता कार्कीको निधन – Nepal Press

रामेछाप एमालेका शीर्षस्थ नेता कार्कीको निधन

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य तथा रामेछापका प्रभावशाली नेता चित्रबहादुर कार्कीको निधन भएको छ ।

कार्कीको आइतबार बिहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि कार्की केही दिनअघि उपचारको लागि अस्पताल भर्ना भएका थिए ।

रामेछापको उमाकुण्ड गाउँपालिका-३ कुभुकास्थलिका स्थायी बासिन्दा कार्की २०५४ सालका स्थानीय निर्वाचनमा तत्कालीन कुभुकास्थली गाविसको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यसबेला जिल्लाकै युवा र स्नातक पास गरेका गाविस अध्यक्षमा कार्की थिए । कार्की निरन्तर पार्टीको अभियानमा सामेल भएको र मूलधार छाडेर कहिल्यै कतै विचलित नभएको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

कार्कीको निधनबाट एमालेले जिल्लाको शीर्षस्थ नेता गुमाएको र अपूरणीय क्षति भएको जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले बताए । कार्की हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउँन अग्रपंक्तिमा खटिएका थिए ।


प्रतिक्रिया

One thought on “रामेछाप एमालेका शीर्षस्थ नेता कार्कीको निधन

  1. हार्दिक श्रद्धाञ्जली तथा सम्पुर्ण परिवार र नेकपा एमाले रामेछापलाई यसबाट पर्न गएको दुख प्रति समवेदना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर