एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता – Nepal Press

एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले स्थानीय चुनावपछि एमाले एजेण्डाविहीन बनेको भन्दै सरकारविरुद्ध अनर्गल प्रचारमा लागेको दाबी गरे ।

‘यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले नेपालले कुनै देश या समय हेरेर नभइ स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर