भवन उद्घाटनमा निर्वतमान मेयर नबोलाएको भन्दै आलोचना, यस्तो छ उपमहानगरको प्रस्टीकरण – Nepal Press

भवन उद्घाटनमा निर्वतमान मेयर नबोलाएको भन्दै आलोचना, यस्तो छ उपमहानगरको प्रस्टीकरण

कैलाली । शनिबार बिहान धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको भव्य समारोहबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोविन्दबहादुर बोहरालगायत उपस्थित थिए । कार्यक्रममा निर्वतमान उपप्रमुख सुशीला मिश्र भट्ट पनि थिइन् । तर, कार्यक्रममा निर्वतमान मेयर नृपबहादुर वड भने देखिएनन् ।

उनी व्यस्त भएर नआएको भन्दा पनि उनलाई नबोलाइएको चर्चा चलेको थियो । सामाजिक सञ्जालमा राजनैतिक पूर्वाग्रही भएर निर्वतमान मेयरलाई खबर नगरेको आरोप लागेपछि उपमहानगरपालिकाले त्यसको बचाउ गरेको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका निवर्तमान मेयर वडलाई खबर नगरेको भन्दै उपमहानगरपालिकाको आलोचना भएको थियो ।

यसैबीच उपमहानगरपालिकाले भने यो विषयमा प्रस्टीकरण दिएको छ ।  आज उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा निर्वतमन मेयरलाई खबर गरिएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कार्यालय सहयोगीले निवर्तमान मेयर वडको छोरालाई निम्तो दिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको निवर्तमान मेयरका छोरा करिब ९ वर्षका हुन् । निवर्तमान मेयरकी धर्मपत्नी लक्ष्मी वडले पनि पत्र घरमा नपुगेको बताएकी छन् ।

धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका निवर्तमान मेयर वड यसपटक स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भएका थिए । अघिल्लोपल्ट हमाल वडसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर