दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष पाण्डेले पाए सफाइ – Nepal Press

दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष पाण्डेले पाए सफाइ

काठमाडौं । दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको विशेष अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

आयोजना प्रमुख, सिचाइ विभागका इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसअघि थुनछेकको बहसका क्रममा विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

त्यति बेला अख्तियारको फरार सूचीमा रहेका पाण्डे २०७५ माघ २ गते विशेष अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका तत्कालीन अध्यक्षसमेत रहेका न्यायाधीश बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनीसँग ४ करोड धरौटी धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उक्त धरौटी बुझाएर उनी छुटेका थिए ।

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सिक्टामा पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो ।

२०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पाण्डे एक्लैलाई मात्र २ अर्ब १३ करोड रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।


प्रतिक्रिया

2 thoughts on “दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष पाण्डेले पाए सफाइ

  1. यस्ता दलाली त छन् देश कसरी उमो लाग्ने हो 4 करोड धरौटी दिएर पार पाएपछि अरु अनगिन्ती करोड हरु कमाउन किन् भ्रष्ट चारी नगर्ने योत सबैले सिक्नु पर्ने र बुझ्नु पर्ने रहेछ यस्तो आइडिया स्कूल लेबलमा पदाउन पर्यो सेलेबस् मा हाल्नु पर्यो खाली मरी सकेका मान्छेको जीवनी र इतिहास मात्र किन पढाइन्छ ?? थूकक साला कुकुर गधा बलात्कारी दानवहरु को सरकार यस्तो देश मा 50 वर्ष पनि बाँच्न नसक्ने भइयो इमान्दार भएर 😭😭

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर