पेट्रोलियम पदार्थको मूल्यवृद्धि कारणबारे सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन (भिडिओ) – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि कारणबारे सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन (भिडिओ)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकको सुरुवातमै एमाले सांसद पद्‍मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।

सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत्पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर