मन्त्री झाँक्रीलाई झुक्क्याउने ‘फेक फोटो’, प्रदीप ज्ञवालीलाई गरेको प्रहार आफैँतिर फर्कियो – Nepal Press

मन्त्री झाँक्रीलाई झुक्क्याउने ‘फेक फोटो’, प्रदीप ज्ञवालीलाई गरेको प्रहार आफैँतिर फर्कियो

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पोखरा पुगेर सोमवार सोसल मिडिया ह्याण्डल गर्न नसक्दा राजनीतिक दलहरू स्वतन्त्रभन्दा पछि परेको उदाहरण दिँदै गर्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले त्यसलाई पुष्टि गरिन् ।

नेकपा एसकी केन्द्रीय सचिव समेत रहेकी मन्त्री झाँक्रीले साँझ ६ बजेर ५ मिनेटमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एमसीसीका सिइओ जोनाथनबीचको औपचारिक भेटको (फोटोशप गरेर बिगारिएको) फोटो ट्विट गरिन् ।

नेपाल सरकारको मन्त्रीले स्कुपको रूपमा सार्वजनिक गरेको फोटोको ब्याकग्राउण्डमा एमसीसी र त्यसको माथि आइएसपी तथा एसपीजी लेखिएको देखिन्छ । इण्डो प्यासिफिक र स्टेट पार्टनरशीप प्रोग्राम जुन नेपालमा विवादमा छन् ।

झाँक्रीले क्याप्सनमा लेखेकी छन्– मा. प्रदीप ज्ञवालीले एक दिन संसदमा जोडतोडले एपीपी के हो ? आइएसपी भनेको के हो ? सरकारले सदनलाई जानकारी दिनुपर्छ भन्दै हुनुहुन्थ्यो । के रहेछ त उहाँलाई नै थाहा रहेछ ।

नेपालमा एसपीजी बहस चलिरहेको र एमालेले त्यसको विपक्षमा उभिएपछि केही दिनयता उक्त तस्बिर सामाजिक सञ्जालमा विशेष गरी कांग्रेस, माओवादी र नेकपा एसका कार्यकर्ताले भाइरल बनाइरहेका थिए ।

मन्त्री झाँक्रीले नै सो तस्बिरसहितको क्याप्सन लेखेर एसपीपीमा ज्ञवाली नै विज्ञ रहेको भनेपछि सबैको ध्यानाकर्षण भयो । मन्त्री झाँक्रीले करिब आधा घण्टामा सो ट्विट डिलिट गरिसकेकी छन् । फोटोशप गरेर बनाइएको फेक तस्बिरको सहारा लिएर ज्ञवालीको बदनाम गर्न खोजेको भन्दै बौद्धिक व्यक्तिहरूले नै टिप्पणी गर्न थालेपछि उनले सो पोस्ट हटाइन् ।

झाँक्रीलाई समेत झुक्क्याउने उक्त तस्बिर सामाजिक सञ्जालमा फोटोशप गरेर भाइरल बनाइएको थियो ।

यथार्थमा तत्कालीन परराष्ट्र मन्त्री ज्ञवाली सन् २०१८ को डिसेम्बर १९ मा एमसीसी हेडक्वार्टरमा पुगेका बेला त्यहाँ खिचिएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमै रहेको आधिकारिक तस्बिरमा ज्ञवाली र एमसीसीका सिइओबीच औपचारिक अभिवादन आदान प्रदान हुँदा एसपीजी वा आइएसपी केही पनि देखिन्न ।

सोही वेबसाइटमा दुवै पक्षको सामूहिक तस्बिर समेत छ । मन्त्रीले नै फेक फोटोको सहारा लिएर राजनीतिक प्रोपोगाण्डा गरेको भन्दै उनको आलोचना भएपछि डिलिट गरेकी छन् ।


प्रतिक्रिया

3 thoughts on “मन्त्री झाँक्रीलाई झुक्क्याउने ‘फेक फोटो’, प्रदीप ज्ञवालीलाई गरेको प्रहार आफैँतिर फर्कियो

  1. हरूवा गोरुको छेरुवा दाऊ भनेको शायद यस्तै भएर होला ! अरू उपाय सकिएपछि फेसबुकमा ,फेक तस्बिरमा विदेशीसंगको एकातिरको प्रसंगलाई अप्रासंगिक सन्दर्भ कायम गरी पदीय गरिमालाई दाहसंस्कार गर्ने कार्यमा सक्रियता !?!?!?

  2. मन्त्री बन्न लायक मान्छे नै हाेईन नि ।

    1. परमादेशीहरू लाई कतिसम्म गलत काम गर्न परेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर