पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम : पर्यटन विकासमै केन्द्रित (पूर्णपाठ) – Nepal Press

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम : पर्यटन विकासमै केन्द्रित (पूर्णपाठ)

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले आज नगर सभामा प्रस्तुत गरेका हुन् ।

जारी भएको कार्यक्रममा पर्यटनलाई नै केन्द्रबिन्दुमा राखिएको छ ।

‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ अवधारणाका साथ पोखराको पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरू संरक्षण, मुख्य सहर तथा ताल तलैयाको सौदर्यकरण, सरसफाइ, सहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने नीति लिइने उल्लेख छ ।

यस्तै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग माग गरिसकिएको अवस्थामा पर्यटकको बसाई लम्ब्याउन सकिने गरी व्यवसाय प्रवर्द्धन गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर