नगरपालिकामै मतदाता नामावली डेस्क व्यवस्थित गर्न काठमाडौं एमालेको माग – Nepal Press

नगरपालिकामै मतदाता नामावली डेस्क व्यवस्थित गर्न काठमाडौं एमालेको माग

काठमाडौं । नेकपा एमालेले मतदाता नामावली अद्यावधिक तथा नयाँ नाम दर्ताको लागि काठमाडौंका ११ वटा नगरपालिकामा डेस्क स्थापना गर्न माग गरेको छ ।

एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई भेटेर सर्वसाधारणलाई समस्या परेको भन्दै नगरपालिकामा निर्वाचन कार्यालय व्यवस्थित गर्न आग्रह गरेका हुन् ।

एमालेले काठमाडौंका १३८ वडाबाट निर्वाचन कार्यालयमा आइपुग्न निकै समय लाग्ने र निर्वाचन कार्यालय वरिपरि बिहानदेखि रातिसम्म लाइन बसेर थकित हुनुपर्ने अवस्था रहेको भन्दै पालकाबाटै मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

काठमाडौंको अनामनगरस्थित निर्वाचन कार्यालयमा दिनभर भिड हुने तर कतिपयले मतदाता नामावलीमा नाम समावेश समेत गर्न नसकी फर्किने अवस्था रहेको एमालेको भनाइ छ ।

देशका अन्य जिल्लाका मानिसले समेत यही कार्यालयबाट फोटो खिचाउने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर