अर्थतन्त्रप्रति चिन्ता जनाउँदै गोकुलले भने- गठबन्धन अमर रहोस् !
नेपाल प्रेस
२०७९ असार १० गते ११:०९
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वर्तमान सरकार आएपछि डलर सञ्चिति आधा भएको बताएका छन् । ट्वीटरमार्फत देशको अर्थतन्त्रबारे चिन्तित हुँदै उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।
‘राष्ट्रिय उत्पादकत्वमा टेवा दिने उद्योगमाथि सरकारले योजनाबद्ध रूपमा करका दरमा तलमाथि गरेको राष्ट्रघाती कदमले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नहुने नै भयो,’ उनले लेखेका छन्, ‘पर्यटन यसै ध्वस्त छ । यो सरकार आएपछि डलर सञ्चिति आधा भैसक्यो । विप्रेषणले मात्र देश थेगिएला ? अरु केही नगरे पनि गठबन्धन अमर रहोस् !’
प्रतिक्रिया