पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय – Nepal Press

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले तीब्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ  र डिजेलमा  २९ रुपैयाँ घटाएकाे  जानकारी दिए ।

उनका अनुसार पेट्रोलमा  १९९ बाट घटाएर १७९ रुपैयाँ कायम गरिएको छ भने डिजेलमा २९ रुपैया घटाइएको छ । अब  डिजेल १६३ रुपैयाँ  कायम गरिएकाे छ ।

कर घटाएर  पेट्रोलियम पदार्थकाे मूल्य  घटाइएकाे मन्त्री बडुले पत्रकार सम्मेलनमा बताए ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर