कैलालीमा भन्सार छली ल्याउँदै गरेको सामान जफत – Nepal Press

कैलालीमा भन्सार छली ल्याउँदै गरेको सामान जफत

कैलाली । सशस्त्र प्रहरीले कैलालीमा भन्सार छली ल्याउँदै गरेको सामान जफत गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेड क्वाटर कैलाली मातहत बि.ओ.पी.धनगढी त्रिनगरबाट खटिएको गस्ती टोलीले धनगढी उमनपा-२ त्रिबेणीघाट भन्सार छली ल्याउँदै गरेको सामान जफत गरेको हो ।

तीन लाख बढीको कपडा तथा चप्पल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीले जनाएको छ ।

सशस्त्र प्रहरीले उक्त सामान बोक्न प्रयोग गरिएको से.१ ह ११८१को ई.अटोरिक्सा र से.१ स ३६५९पेट्रोल अटो रिक्सा समेतलाई नियन्त्रणमा लिएको छ ।

सामान र साधनलाई कारबाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा पठाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *