यसरी निभाइयाे बालुवाटारको औषधी गोदाममा लागेको आगो
२०७९ असार १५ गते ९:३२
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ ।
सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेकाे आगाे तीन घण्टापछि नियन्त्रणामा आएकाे हाे । उक्त औषधी गोदाम सुनौलो परिवारको रहेको खुल्न आएको छ।
नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयाेग गरेर आगो निभाएकाे थियाे ।
आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयाेग गरिएकाे थियाे ।
बिहान ७ बजेदेखि लागेकाे आगाे के कारणले लाग्याे भन्ने खुल्न बाँकी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर