एक्यानका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण
नेपाल प्रेस
२०७९ असार १५ गते १९:१३
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित अध्यक्षमा दीपक पाण्डेसहित पदाधिकारीहरुको शपथ भएको हो ।
अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए ।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु सदस्य रहने प्रावधान छ ।
प्रतिक्रिया
सम्बन्धित खवर