नेपाल ल क्याम्पस स्वर्ण सम्मान नेम्वाङ र सुवेदीलाई – Nepal Press

नेपाल ल क्याम्पस स्वर्ण सम्मान नेम्वाङ र सुवेदीलाई

काठमाडौं । नेपाल ल क्याम्पसले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्रा.डा. सूर्य सुवेदीलाई ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’बाट सम्मानित गरेको छ ।

क्याम्पसको स्थापना दिवसका अवसरमा दुबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी हुन् ।

संविधानसभाका अध्यक्ष रहिसकेका नेम्वाङलाई नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएबापत सम्मानित गरिएको क्याम्पसले जनाएको छ । उनी नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी र प्राध्यापक पनि हुन् ।

यस्तै प्रा. डा. सुवेदीलाई नेपालको जनमतसंग्रहका बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति र गौरव बढाएको भन्दै सम्मानित गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *