नेम्वाङको दाबी- ६ वर्षमै संविधान सर्वस्वीकार्य, छ्यास्सछुस्स हल्ला काम लाग्दैनन् (भिडिओ) – Nepal Press

नेम्वाङको दाबी- ६ वर्षमै संविधान सर्वस्वीकार्य, छ्यास्सछुस्स हल्ला काम लाग्दैनन् (भिडिओ)

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विगतमा जस्तो ५/१० वर्षमा संविधान परिवर्तन हुने कुरा अब नेपालमा काम नलाग्ने बताएका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा बोल्दै उनले जनता अधिकारको स्रोत भएर बनेको संविधान परिवर्तन हुनै नसक्ने बताए ।

‘यो संविधान नेपालको इतिहासमा पहिलोपटक जनता अधिकारको स्रोत भएर बनाइएको संविधान हो,’ उनले भने,‘त्यसैले पहिलाजस्तो ५ वर्ष, ७ वर्ष, १० वर्षमा परिवर्तन आउँछ भन्ने छ्यास्स छुस्स हल्ला हुन्छ नि ! त्यो हल्ला अब नेपालमा काम लाग्दैन ।’

अध्यक्ष नेम्वाङले निर्माण भएको ६ वर्ष नपुग्दै संविधानको सर्वस्वीकार्यता कायम भएको दाबी गरे । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा समेटेर संविधान संशोधन भएको प्रसंगलाई आधार बनाउँदै उनले यस्तो दाबी गरे ।

‘जुन संविधान संशोधन हुँदा यो देशका सबै एकजुट भए । अर्थात् यो देशको जनताले बनाएको संविधान ६ वर्ष नपुगि सर्वस्वीकार्य भइदियो,’ उनले भने ।

अब परिवर्तनका लागि कसैले पनि आन्दोलन गर्नुनपर्ने अध्यक्ष नेम्वाङले बताए ।

उनले भने, ‘जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस्, संसदमा पुगेर जुनसुकै संविधान चेञ्ज गर्न पाइन्छ ।’ व्यक्ति वा पार्टी मन नपरे जनमतबाटै परिवर्तन गर्ने अधिकार पनि संविधानले दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *